Admission Open

आज घट्यो सुनको भाउ

काठमाडौं, १७ साउन : आज साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेर कारोबार भईरहेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सयले नै घटेर ९१ हजार ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रूपमै रहेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...