Admission Open

आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा थप उपचार सेवा    

वाग्मती, ४ साउन : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (साविकको अञ्चल आयुर्वेद औषधालय) ले न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको छ । यसअघि सबै सेवा निःशुल्क प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले सेवा विस्तारसँगै न्यूनतम शुल्क निर्धारण गरी थप उपचार सेवा दिन थालेको हो । यद्यपि औषधि भने निःशुल्क उपलब्ध गराइने छ । स्वास्थ्यकेन्द प्रमुख डा सृष्टि श्रेष्ठका अनुसार हाल प्रदान गर्दै आइरहेको सेवाअन्तर्गत ओपिडी सेवा, फिजियोथेरापी, पूर्वकर्म, पञ्चकर्म, योग क्षारसूत्र, प्रयोगशाला परीक्षणलगायतका सेवालाई सःशुल्क बनाइएको हो ।

बिरामीले स्वास्थ्य केन्द्रमा ओपिडी सेवा लिएबापत रु २० तथा फिजियोथेरापीको सेवा लिएबापत रु १०० शुल्क तिर्नुपर्ने जनाइएको छ । अन्य सेवाको पनि न्यूनतम शुल्क तोकिएको छ । स्वास्थ्य केन्द्रबाट हाल २३ किसिमका औषधि निःशुल्क वितरण गरिँदै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...