Admission Open

नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं, ३१ असार : आज दिउँसो २ बजे बोलाइएको नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित गरिएको छ । नेपाली काँग्रेसका पार्टी सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेताहरुको कार्यव्यस्ताका कारण बैठक स्थगित भएको हो।

विहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित गरी शुक्रबार दिउँसो २ बजेका लागि सारिएको हो । भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...