Admission Open

सिंहदरबार छाड्नुअघि ओलीको देशवासीका नाममा संबोधन भाषण

काठमाडौं, २९ वैशाख :  सिंहदरबार छोड्दै गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा संबोधन भाषण गरेका छन् । ओलीले सर्वोच्चको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको सन्तुलन भंग भएको दावी गरेका छन् ।

‘यसले क्षणिक रुपमा कसैलाई हर्षित तुल्याउला, कसैभित्र विजेताको भाव पनि ल्याउला’ ‘तर लोकतन्त्रको मूल्यमा प्राप्त विजय क्षणभंगुर र अर्थहीन हुन जानेछ ।’ सम्बोधनमा उनले भनेका छन्,

२०५२ मा पनि अदालतले राजनीतिलाई ट्र्याकभन्दा बाहिर लैजाँदा गम्भीर दुष्परिणाम ल्याएको भन्दै उनले संविधानको धारा ७६ (५) मा दलीय ह्वीप नलाग्ने फैसलाको चर्को आलोचना गरेका छन् ।

पार्टीको चुनाव चिन्ह र घोषणा पत्रका आधारमा जनताबाट चुनिएर आउने, तर सरकार बनाउन बेलामा जो कसैलाई समर्थन गर्न सक्छन्, जुनसुकै ठाउँमा भोट हाल्न सक्छन्, ह्वीप लाग्दैन भन्ने ब्याख्याले दलीय व्यवस्थालाई नै चुनौती दिएको उनले बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...