Admission Open

ad place

विज्ञप्ति निकाल्दै सर्वोच्चको फैसलालाई जित-हारको रुपमा नलिन कांग्रेसले गर्यो अपील

काठमाडौं, २८ असार : प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले बदर गरेको फैसलालाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गर्दै सर्वोच्चको यस फैसलालाई जित हारको रुपमा नलिन अपील गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्चको यो फैसलाले लिकबाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्ययपालिकाप्रतिको आस्था र विश्वासलाई अभिवृद्धि गरेको बताउँदै फैसलाको स्वागत गरेका हुन् ।

लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाकालागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानून व्यवसायीहरू, भातृ र शुभेच्छुक संस्थाहरू लगाएत सम्पूर्ण नेपालीहरूलाई बधाइ ज्ञापन गर्दछु । विज्ञप्तिमा भनिएको छ ।

[ विज्ञप्ति ]

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...