Admission Open

मिर्गौलापीडितलाई साठी हजार सहयोग

तनहुँ, व्यास नगरपालिका–१० घर भई हाल काठमाडौँ बस्दै आउनुभएकी अञ्जु गिरीले वडाका तीन मिर्गौलापीडितलाई शनिबार रु ६० हजार सहयोग गर्नुभएको छ । उहाँले वडाध्यक्ष तुलसीराम सापकोटाको रोहबरमा स्थानीय हृदय कुमाल, गोविन्द विक र इन्द्रबहादुर रानालाई जनही रु २० हजार सहयोग गर्नुभएको हो । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स खरीद अभियानमा समेत गिरीले रु ५० हजारभन्दा बढी सहयोग गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...