Admission Open

कहिले आउँछ त सर्वोत्तम सिमेन्टको आईपिओ

काठमाडौँ : सर्वोत्तम सिमेन्टको विशेष साधारण सभाले सर्वसाधारणका लागि ६० लाख कित्ता साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । यही असार २४ गते बिहीबार बसेको साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुकबिल्डिङ विधिबाट जारी गर्ने निर्णय गरेको हो । यसका लागि सिमेन्टले ग्लोवल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।


त्यसैगरी, साधारण सभाले आ.व. २०७६/०७७ सम्मको मुनाफाबाट चुक्ता पुँजीको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पनि गरेको छ ।
सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आइपिओ कहिलेदेखि खुल्ला हुन्छ र बुकबिल्डिङ विधिबाट जारी हुने उक्त आइपिओ मूल्य कति हुन्छ भन्ने चाँहि अझै यकिन भैसकेको छैन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...