Admission Open

तपाईँले डिम्याट खाता नवीकरण गर्नु भयो ? यसरी गर्नुहोस्

काठमाडौँ : सर्वप्रथम तपाईँले आफ्नो मेरोशेयर खोल्नुहोस् । खाता खुलेपछि दायाँतिर माथि हेर्नुहोस् त्यहाँ तपाईको नाम भएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसपछि त्यहाँ रिन्यु एकाउण्ट मा गएर ई सेवा, खल्ती वा कनेक्ट आईपिएस मध्ये तपाईँसँग जे उपलब्ध छ त्यसैबाट डिम्याट खाताको लागि रु.१०० र मेरोशेयरका लागि थप रु.५० तिर्नुपर्ने हुन्छ । तपाईँले डिम्याट खाता वा मेरोशेयर वा दुबै कुन चाहिँ रिन्यु गर्न खोज्नुभएको हो त्यसलाई छनौट गरी क्लिक गर्नुहोस् र प्रोसिड गर्नुहोस् ।

त्यसपछि पैसातिर्ने माध्यम खुल्छ । तपाईँसँग ई सेवा, खल्ती वा कनेक्ट आईपिएस कुनै पनि सुविधा छैन भने पनि केही छैन तपाईँले नजिकै सेवा प्रदायकहरुबाट गर्न सक्नु हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...