Admission Open

७४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

कारोबार रकम ८ अर्ब ६ करोडमाथि

 

काठमाडौं, २७ असार : साताको पहिलो कारोबार दिन आज शेयर बजार नेप्से परिसूचक ७४ दशमलव ७१ प्रतिशतले बढेर २,८९९ दशमलव ८२ प्रतिशतको विन्दुमा पुगेको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजार आज ७४ अंकले बढेको हो । कारोबार भएका कम्पनीमध्ये ४ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज सबै उपसूचक बढेका छन् ।
उता ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बिमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ ।

आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्इ १० प्रतिशत भन्दा धेरैले बढेको छ ।

आइतबार २२५ वटा कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

एनआइसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ३९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नविल बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, साइन रेसुङगा डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ दशमलव ७५ प्रतिशतका दरले गुमाउका छन् । ओरिएण्डल होटल्सका लगानीकर्ताले २ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...