Admission Open

बुढानीलकण्ठमा देउवा गुटको बैठक

काठमाडौं, १९ असार : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसी नेताहरु आफ्ना-आफ्ना गुटका भेला गर्न र विभिन्न छलफलमा व्यस्त हुन थालेका छन् । पूर्व प्रधानमन्त्री अर्थात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज आफ्नै निवास बुढानीलकण्ठमा आफ्ना निकटका नेताहरुलाई बोलाएर छलफलमा बसिरहेका छन् । नेता देउवाले आगामी भदौमा हुन नेपाली कांग्रेसका १४औं महाधिवेशनबारे छलफल गर्न आफ्ना निटकका नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

देउवा निवास बुढानीलकण्ठको बैठकमा उपसभापति विमलेन्द्र निधि, क्रियाशील सदस्यता छानविन समिति संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरीलगायत विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । छलफल आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रित रहेको बताइएको छ ।

निधिले आगामी महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने घोषणा गरेका छन् । सभापतिमा दाबी गर्दै आएका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले छलफल गर्दै आएका छन् । देउवाले पनि सभापति नछाड्ने स्पष्ट पारेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...