Admission Open

ad place

नेपाल टोस्टमास्टर्सद्वारा भर्चुअल साइटेसन २०२१ आयोजित

काठमाडौँ : नेपालमा टोस्टमास्टर्सको  गतिविधी बढ्दो प्रवृतिमा छ जसले पब्लिक स्पिकिङ र लिडरसिप स्किल्स सिक्नको लागि एक सुरक्षित र सहयोगी वातावरणको सिर्जना गरेको छ । करिब ३०० सदस्यहरूको साथमा टोस्टमास्टर्स इन्टरनेशनलको डिस्ट्रिक्ट ४१ को हिस्सा रहेको नेपाल (www.toastmastersnepal.org) ले असार ५, २०७८ एनुअल एक्स्ट्राभ्यागेन्जा भर्चुअल साइटेसन मनाएको छ ।

भी साइटेसनको दौरानमा, डिभिजन डिरेक्टरहरुले आफ्नो उपलब्धिहरू प्रस्तुत गरे र टोस्टमास्टर अफ द एर अवार्डले निल पाण्डे (डिभिजन ए), सुभरथ पौडेल (डिभिजन एन) र कुमार थापा (डिभिजन ओ) लाई सम्मानित गर्नु भयो । विगत दुई वर्षदेखि डिस्ट्रिक्ट प्रतियोगितामा विजय भएका नेपालका टोस्टमास्टर्सहरूलाई पनि सम्मानित गरियो ।

कार्यव्रmमको रमाइलोे विषय भेनेको ह्यूमर च्यालेन्ज थियो जहाँ प्रत्येक डिभिजनका एक जना प्रतियोगी थिए । प्रशान्त पौडेल (डिभिजन ए), प्रज्जवल शायमी (डिभिजन एन) र देवना सिंग थापा (डिभिजन ओ)ले उपस्थित भएकाहरूलाई निकै नै रमाइलो प्रस्तुति दिएका थिए । अर्को सेग्मेन्ट “हिडन ट्यालेन्ट अफ नेपाल” मा ३ डिभिजनका प्रतियोगी मन्डाकिनी के.सी.(डिभिजन ए), साकार हाँडा (डिभिजन ओ) र प्रवीन श्रेष्ठ (डिभिजन ओ)ले सहभागी जनाए जसमा प्रज्जवल शायमी ह््युमर सेग्मेन्टमा विजय भए भने शाकार हाँडा हिडन ट्यालेन्ट अफ नेपाल सेग्मेन्टमा विजय भए ।

डिस्ट्रिक्ट ४१ का पीक्युडी रञ्जित आचार्यले भन्नुभयो , “जिल्ला निर्देर्शकको रुपमा आगामी कार्यकालको लागि निर्वाचित भएर विश्वकै सबै भन्दा ठूलो जिल्लालाई नेतृत्व गर्न पाउँदा म अत्यन्तै हर्षित छु । नेपालका टोस्मास्टर्सले थप दुई  जिल्ला टोर्ली सामिल गर्दै प्रभावशाली नेतृत्वको उदाहरण बनेका छन् ।” साइटेसन, वार्षिक गालाले सबै सदस्यहरुलाई एकिकृत गरी उहाँहरु विकास प्रतिको प्रतिबद्धता अझै मजबुत पार्दछ ।

दुई घण्टाको भर्चुअल इभेन्ट ३ डिभिजनका तर्फबाट कन्ट्री पि.आर द्वारा आयोजित गरिएको थियो । यो इभेन्ट निकै नै रमाइलो र पूर्ण मनोरञ्जनले भरिपूर्ण थियो । सम्पूर्ण समुदायहरुलाई एकसाथ ल्याउन र व्यक्तिगत हिसाबले वा सामूहिक रुपमा एक टिमको हिसाबले उपलब्धिहरु मनाउने र सुधारहरु बारे छलफल गर्ने यस कार्यव्रmमको मूल लक्ष्य थियो । नेपालको टोस्टमास्टर्सको संयोजकको रुपमा रिमाक्र्ड भएका सुमन शाक्यले भन्नुभयो, “धेरै व्यक्तिहरू अझ राम्रो वक्ता र नेता बन्न सशक्त भएको हुँदा सन् २०२४ सम्ममा नेपालमा १०० वटा क्लबहरु खोल्ने र यसलाई डिस्ट्रिक्टको रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य जारी छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...