Admission Open

फेसबुकमा नयाँ विषेशता थप्ने तयारी


वासिङटन डीसी । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ ।

अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि शुरु हुने जानकारी दिइएको छ ।

कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पूरै तयारीका थालिएको हो ।

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जानकारी दिएको छ ।

अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् । फेसबुकको न्युजफिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने कम्पनीे बताएको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...