Admission Open

सुनको मूल्यमा लगातार गिरावट आजै घट्यो १२ सय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि राकिएन आजै १२०० ले घटेको छ । हिजो बिहीबार पनि ११ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मुल्य प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। त्यसैगरी चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...