Admission Open

नेपालमा आज, ३ हजार ६६० कोरोना संक्रमणमुक्त, २ हजार ४०१ जनामा संक्रमण पुष्टी, ३४ को निधन

काठमाडौं ५ असार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा २ हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ६८८ र ४ हजार ६८६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयले जनाएअनुसार ३ हजार ६६० कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ६७५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...