Admission Open

जीवन विकास लघुवित्तले पायो, आइपीओ निष्काशनको अनुमति

काठमाडौं / जीवन विकास लघुवित्तलाई प्राथमिक शेयर९आईपीओ० निष्काशनकालागि नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । जेठ ३० गते बोर्डले लघुवित्तलाई आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो । लघुवित्तले फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएको थियो ।

लघुवित्तले १ सय रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता प्राथमिक शेयर निष्काशनका लागि बोर्डबाट अनुमति प्राप्त गरेको हो । जीवन विकास लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै जीवन विकास लघुवित्तको आईपीओलाई इक्रा नेपालले बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...