काठमाडौं, २९ जेठ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरुको बैठक बोलाएका छन्। बैठक शनिबार बुढानीलकण्ठमा बस्ने कार्यक्रम रहेको छ । शनिबार दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले आगामी भदौ ७ गतेदेखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । कोरोना संकट कायम रहेकाले महाधिवेशन गर्न नयाँ मोडालिटीका बारेमा छलफल हुने बताइएको छ।