Admission Open

आज : ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त, ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टी, ६७ को निधन

 

काठमाडौं, २८ जेठ / गएको २४ घण्टामा नेपालमा ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ६७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार ग्उको २४ घण्टामा ९ हजार ५ सय ९८ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ७ सय ९ जना र ५ हजार ५ सय ८४ जनामा गरिएका एन्टिजेन परीक्षणमा १ हजार ४१ जना गरी जम्मा ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी कोरोना संक्रमणका कारणले ६७ जनाको निधन भएको छ भने गएको २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् ।


पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर निकै कम भएको छ । कोरोना संक्रमणबाट निधन हुनेको संख्यामा पनि उल्लेख्य रुपमा कमि आएको छ भने नयाँ संक्रमित थपिने क्रम पनि धरै घटेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...