Admission Open

ad place

प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

पोखरा, जेठ २८ गते / गण्डकी प्रदेश प्रदेश प्रमुख द्वारा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

शनिबार दिउँसो ३ बजेसम्मको समय दिएर मुख्यमन्त्री दावी गर्न आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख पौडेलले शुक्रबार विज्ञप्ति जारी गदै मुख्यमन्त्री नियूक्तिका लािग प्रदेश सभाका सदस्यहरुलाई आह्वान गर्नुभएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुुनुभएको थियो ।

नेपालको संविधान धारा १६८ उपधारा (३) बमोजिम मिति २०७८/०१/२९ मा प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियूक्त हुनुभएा पृथ्वी सुब्बा गुरुङले संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको भनी प्रदेश सभाको मिति २०७८/०२/२८ गतेको पत्रबाट जानकारी हुन आएकोले संविधानको धारा १६८ उपधारा ९५० बमोजिम मुख्यमन्त्री नियूक्ती गर्ने प्रयोजनका लागि मिति २०७८/०२/२९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिमका प्रदेश सभामा सदस्यहरुलाई आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखले अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने गरी संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तोक्नु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...