Admission Open

ad place

आज तीन इन्स्योरेन्स कम्पनीको साधारण सभा: के के छन प्रस्ताव

काठमाडौं, २८ जेठ / आज सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुँदैछ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण-सभा आज काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । साधारण-सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५ .७८% लाभांश वितरण गर्ने पारित गर्नेछ। जसमा ३.७८% ले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२% ले हुन आउने बोनश शेयर रहेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीलाई ३.७५% नगद लाभांश र ३% बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ ।

त्यस्तैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिने रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारण सभा आज भर्चुअल माध्याममार्फत् अपरान्न ४ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५% बोनश शेयर र ५% ले हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा-नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा-नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...