
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मन्त्रिपरिषदमा जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेकी छन् ।
बिहीबार गृहमन्त्रीमा कास्की क्षेत्र नं. १ का सांसद खगराज अधिकारी नियुक्त भएका छन् ।
वनमन्त्री नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोहन वानियाँ, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्री ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक नयाँ मन्त्री थप भएका छन्।
[को को भए हेर्नुहोसु सूची]