धरानवासीहरुले गरे प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण

काठमाडौँ २६ जेठ / पछिल्लो समय राजनैतिक चपेटा र आर्थिक अनियमितताका घटनाले लथालिङ्ग बनेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार गर्न धरानवासीहरुले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । बुधवार धरानवासीहरुले इलाका प्रशासन कार्यालय धरानमार्फत तत्काल प्रतिष्ठान सुधार गरि स्वास्थ्य सेवा प्रभावकारी बनाउन कुलपतिसमेत रहेका ओलीलाई ध्यानकर्षण पत्र बुझाएका हुन् ।
पछिल्लो समय राजनैतिक नियुक्ति लिएर प्रतिष्ठानको व्यबस्थापनको जिम्मेवारी बोकेका पदाधिकारीहरुले सन्तोषजनक काम नगर्दा उपचार नपाएर विरामीले ज्यान गुमाउन थालेपछि स्थानीय वासिन्दाले धरान नागरिक दवाव संजाल गठन गरी प्रतिष्ठान सुधार गर्न आन्दोलन थालेका छन् । संजालले बुधवार इलाका प्रशासन कार्यालय धरानका उपसचिव सुवासकुमार लामिछानेमार्फत प्रतिष्ठान सुधार गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा हप्तादिनसम्म प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार नगरिए व्यबस्थापन विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।


प्रतिष्ठान व्यबस्थापनको कमजोरीका कारण कोभिड अस्पतालमा संक्रमितहरुको उपचार राम्रो नगरेको, संक्रमित विरामीलाई भर्ना नगर्दा घरमै ज्यान गुमाउनु परेको, प्रतिष्ठानको रेडियोलोजी विभाग लथालिङ्ग हुँदा, भिडियो एक्सरे, सिटि स्क्यान, एमआरआई सेवा नपाएको । त्यस्तै चिकित्सकहरुले कमिसनको लोभमा प्रतिष्ठान भर्ना भएका विरामीहरुलाई अन्यत्र रेफर गर्ने गरेको र प्रीतष्ठानका पदाधिकारीहरु पटक पटक आर्थिक अनियमितताका घट्नामा मुछिएर प्रतिष्ठानलाई धरासायी पार्ने काम गरेकाले धरानका सबै राजनैतिक दलहरुको सहभागितामा नागरिक दवाव संजाल गठन गरी प्रतिष्ठान सुधार गर्न आन्दोलन सुरु गरिएको संयोजक डा. राजेन्द्र शर्माले बताएका छन् । उनले देशकै ठुलो वीपी प्रतिष्ठान प्रतिष्ठानका पदाधिकारीहरुको मनमुटावका कारण राम्रोसँग संचालन नगर्दा यहाँ भर्ना भएका विरामीहरुले उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको र यस्तो महामारीको अबस्थामा समेत धरानवासीले उपचारका लागि भर्ना नपाए पश्चात बाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन् ।
संचालले प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहलाई समेत ध्यानकर्षण पत्र बुझाई प्रतिष्ठान सुधार गर्न हप्तादिनको समय अल्टिमेटम दिएका छन् ।
जनता समाजवादी पार्टी धरानका अध्यक्ष प्रतिष्ठानका पदाधिकारीहरु प्रतिष्ठानको हितमा भन्दा पनि कमिसनको खेलमा लागेर प्रतिष्ठानलाई धरासायी बनाएकाले तत्काल सुधार नगरिए सबै पदाधिकारीहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । एमाले धरानका अध्यक्ष नारायण सुवेदीले पतिष्ठानका उपकुलपती गिरीले आफ्नै भाइ अजय गिरीलाई विचौलियाका रुपमा प्रयोग गरी प्रतिष्ठानमा समान खरिद गर्ने ठेकेदारहरुलाई १० प्रतिशत रकम माग्न लगाएको आरोप लगाए । उनले तत्काल प्रतिष्ठानमा भएको अनियमितताको छानविन गरी दोषी उपर कारवाही गर्न पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली समक्ष माग गरेका छन् ।
प्रतिष्ठानका उपकुलपती डा. गिरीले हप्तादिनभित्र प्रतिष्ठानको सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछानेले धरान नागरिक दवाव संचालले बुझाएको ध्यानाकर्षण पत्र बुधवार नै मेलमार्फत प्रधानमन्त्री कार्यालयमा बुझाईएको जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...