Admission Open

यूनियन लाइफद्वारा मृतकका परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं / यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले विश्वभर फैलिरहेको कोभिड १९ महामारीको कारण सरकाले लगाएको निषेधज्ञाको पालना गर्दै उक्त रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक बीमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा पुगी सो रकम प्रदान गरेका हुन् ।

करिव १४ महिना अगाडी पोखरा नेटका सञ्चालक समेत रहेका न्यौपानेले ५० लाख रुपैयाको जीवन बीमा गर्दा करिव ३ लाख ६० हजार रुपैया यूनियन लाइफमा जम्मा गरेका थिए । ५० लाख विमाङ्कको बीमा गरेका न्यौपानेको गत चैत्र ३१ गते असमायिक निधन भएको थियो ।

निधन पश्चात न्यौपानेकी श्रीमती हकवला शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक निजकै निवासमा पुगि प्रदान गरिएको कम्पनीले बताएको छ । सो अवसरमा चेक ग्रहण गर्दै हकवला न्यौपानेले बीमा गरे पनि बीमा कम्पनीले दिने सेवा सुविधाप्रति आफु यसअघि विश्वस्त नभएको र कम्पनीले घरमै आएर सो रकम प्रदान गरेकोमा धन्यवाद दिदैं उक्त रकम सहि सदुपयोग गर्ने बताइन् ।

कंम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले बीमा सुुख दुःखको साथी भएको वताउँदै भौतिक शरिरको अनुपस्थितीमा हुने आर्थिक क्षतीलाई बीमाले न्युनिकरण गर्ने बताउदै प्राप्त रकम सही सदुपयोग गर्न आग्रह गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...