Admission Open

जेठ २४ गते प्रदेश १ को बजेट अधिवेशन आह्वान

विराटनगर / यही जेठ २४ गते प्रदेश नं १ ले बजेट अधिवेशन बोलाएको छ ।

जेठ २० गते बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

बैठकको निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको उनले बताए । अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था छ ।
कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेशसभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो ।

कार्यविधिमा यसअघि उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...