Admission Open

मंगलम केयरको शुरुवात 

नेपालको पहिलो CPVC पाईप र फिटिङ उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज् प्रा.लि. ले मंगलम केयरको शुरुवात गरेको छ ।
अहिले कोरोनाको यो दोस्रो लहरले सम्पूर्ण देशको जनमानसमा त्रास सिर्जना गरेको छ र दिनहुँ थुप्रै नेपालीहरू दिवंगत भईरहेका छन् । यस आपतकालीन अवस्थामा थुप्रै संस्थाहरूले आफ्ना कर्मचारीका लागि विभिन्न कार्यहरू गर्दै आइरहेका छन् ।
यसै व्रmममा मंगलम पाइप्सले पनि सानो प्रयास स्वरुप आफ्ना हरेक देहान्त भएका कर्मचारीहरूका श्रीमान र श्रीमती वा परिवारलाई कर्मचारीको आगामी १२ महिनाको तलव उपलब्ध गराउने भएको छ ।
“मंगलम पाइप्सका लागि आफ्ना कर्मचारीहरू नै पहिचान र शक्तिहुन् । मंगलम पाइप्सका प्रारम्भिक दिनहरूदेखि नै आफ्ना कर्मचारीहरूको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्वपूर्ण विषय रहेको छ । हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरूको जीवन अघि बढाउन केही मद्दत पुर्याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौँं ।”मंगलम इन्डष्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री अभिनव चुरिवालले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...