काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ। आज दिउँसो ४ बजे सिंहदरवारबाट सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले गर्न लागेको सम्बोधनलाई सबैले चासो दिएका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने हुन्छ। तर, जेठ ७ गते मध्यरातमा संसद विघटन भएपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको छ।