Admission Open

अर्घाखाँची सिमेन्टराद्वा स्वास्थ्य चौकी निर्माण र हस्तान्तरण

मैनहिया, रुपन्देही / अर्घाखाँची सिमेन्ट प्रा.लि का निर्देशक राजेशकुमार अग्रवालले भन्नुभयो ,“मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्नभएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउँछ भन्ने हामीले आशा राखेको छौँ । हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेका हौ ।”


लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भोजप्रसाद श्रेष्ठले भन्नुभयो, “सम्पूर्ण जनमानसको लागि गरिएको यो प्रशंसनीय कार्यको लागि हामी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । बढीरहेको यस कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालिकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिनेछ । उक्त स्वास्थ्यचौकीमा ब्लड प्रेसर नाप नगर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेकाले यो एक सुसम्पन्न स्वास्थ्यचौकीको रुपमा रहेको छ ।”


अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापना कालदेखिनै विभिन्न सामाजिक उत्तरदायित्व कार्यहरु गर्दै आइरहेको छ । कम्पनीले मैनहिया गाँउपालिकाका विद्यालयलाई पठन पाठनका लागि साम्रगी वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ । गतवर्ष यस कम्पनीले लुम्बिनी प्रान्तीय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोष कालागि रु ५.१ मिलियन विनियोजन गरेको थियो साथै सियारी गाँउपालिकालाई रु २००,००० नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिका जहाँ कम्पनीको चूनाढुङ्गा खानी अवस्थित छ त्यसमा रु २० लाखको राहत सामग्री वितरण गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...