काठमाडौं / एमालेबाट निस्कासित एमाले नेताहरु झलनाथ खनाल र भीम रावलले छुट्टाछुट्टै प्रतिकृया दिएका छन् । केपी ओली कम्युनिष्ट आन्दोलनका गद्धार नेता भएको टिप्पणी झलनाथ खनालले गरेका छन्। आफूलगायत ११ नेतालाई एमालेले निस्कासन गरेपछि खनालले यस्तो प्रतिकृया दिएका हुन्।
एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले खनालगायतका ११ नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको हो। बैठकले उनीहरुलाई सिद्धान्तहीन, लम्पसारवादको संज्ञा पनि दिएको छ।
निस्कासनमा पर्नेहरुमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का छन्।
पार्टीविरूद्द गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पार्टीबाट निश्कासन गर्ने निर्णय बैठकले गरेको नेता थापाले बताए। त्यसैगरी पार्टीबाट निस्कासित भएका नेता भीम रावलले आफूहरुलाई गरिएको कारबाही हास्यास्पद भएको प्रतिकृया दिएका छन्।