Admission Open

नेकपा एमालेबाट माधव नेपाल र झलनाथ खनालसहित ११ नेता निष्काशित

काठमाडौं, नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्काशन गरेको छ भने अन्य १२ जनालाई पनि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको हो ।

शनिबारको स्थायी कमिटीको निर्णयअनुसार केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र काटेका थिए । तर ११ जनाले नै जवाफ नदिएपछि निष्काशनको निर्णय भएको हो ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...