Admission Open

निषेधाज्ञाको अवधिभर कुनैपनि कम्पनीको आईपीओ निष्कासन नहुँने

काठमाडौं, ८ जेठ/ निषेधाज्ञा जारी भएसम्म कुनै पनि आईपीओ नआउने भएको छ । अहिलेको अवस्थालाई मध्यनजर गर्दै धितोपत्र बोर्डले आईपीओ निष्कासन नगर्ने भएको हो । डिम्याट लिएका मध्ये धेरैले मेरो शेयरको सुविधा नलिइएकाले पनि निषेधाज्ञा जारी भएसम्मका लागि आइपीओ निष्कासन गर्न समस्या भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।

सबैले मेरो शेयर लिन नसकेकाले नेपाल धितोपत्र बोर्डले निषेधाज्ञाको समयमा बैंकमा आइभिडभाड हुने भएकाले निषेधाज्ञा अवधिभरी आइपीओ निष्कासन अनुमति नदिएको बोर्डका प्रवत्ता निरज गिरीले बताउनु भयो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले मध्य भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयलाई जारी गरेको आइपीओ पनि बीचैमा रोकिएको जानकारी पनि गिरीले दिनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...