Admission Open

ad place

निर्वाचन आयोगलाई प्रधामन्त्रीको निर्देशन : चुनावको तयारीमा जुट्नु

काठमाडौँ, ८ जेठ/  प्रतिनिधिसभा विघटनसंगै कात्तिक अन्तिम साता र मंसिर पहिलो साताका लागि निर्वाचनको मिति घोषणा भएको हो । राष्टपति भण्डारीले प्रधानमन्त्रीका लागि नेपाली काँग्रेससहितका दलहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा १४९ सांसद सहित दावी प्रस्तुत गरेका थिए भने एमाले अध्यक्ष ओलीले १५४ सांसद सहित आफुसंग बहुमत भएको दावी गरेका थिए । राष्टपतिले दुवै दावी अस्वीकार गरेपछि प्रधानमन्त्री ससद विघठनको सिफारिस गरेको थियो ।

राष्टपतिले प्रतिनिधिसभाले सरकार दिने सम्भवना नरहेको भन्दै विघठन गरीन् । निर्वाचन घोषणा भएसगै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । आज बालुवाटारमा भएको उक्त भेटमा उहाँले निर्वाचन अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पार्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...