Admission Open

ad place

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

सियोल-सिन्ह्वा/ औद्यगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रुपमा खरिद गरेका कारण ऋणभार बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरण उल्लेख छ ।

बैंकका अनुसार मार्चको अन्त्यसम्ममा बाह्य दायित्व बढेर ५६६ अर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा २१ अर्ब डलरले बढी हो ।

कोरियाली अर्थतन्त्र निकै सबल रहेका कारण पनि विदेशी लगानीकर्ताहरुले कोरियाली ऋणपत्रमा लगानी बढाएको देखिएको छ । कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पहिलो त्रैमासिक अवधिमा १.६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि कोभिड–१९ शुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको बैंकले जनाएको छ ।

देशको विदेशी मुद्रा सञ्चयको तुलनामा अल्पकालीन वैदेशिक ऋणको अंश १.२ प्रतिशतले बृद्धि भएर ३७.१ प्रतिशत पुगेको छ ।

यसैगरी, बाह्य ऋणको भार मार्चको अन्त्यसम्ममा १० खर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा करिब तीन अर्ब डलरले बढी हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...