काठमाडौं ६ वैशाख / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शपथसम्बन्धी अध्यादेश जारी गर्नुभएको हो । यही वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहणमा शपथमा भएको शब्द उच्चारण नहुँदा विवादमा तानिएको थियो ।
शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गर्नु पर्दैन भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसबारे सर्वोच्चमा मुद्दासमेत परिसकेको छ। उक्त मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको छ ।
त्यही विषयसँग केन्द्रीत भएर अध्यादेश ल्याइएको बुझिएको छ । यस्तै राष्ट्रपति भण्डारीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गर्नुभएको छ ।