Admission Open

ad place

नेप्सेमा बुधबार दोहोरो अंकले करेक्सन, झण्डै १२ अर्बको कारोबार

काठमाडौं / पछिल्लो साता लगातार वृद्धि भएको नेप्सेमा बुधबार करेक्सन भएको छ । बुधबार १३।०९ प्रतिशतले करेक्सन भइ नेप्से २७८०।८१ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ तर्फ पनि १।०८ अंकले सेयर मूल्यमा गिरावट आएपछि ४९६।१४ विन्दुमा कारोबार बन्द भएको छ ।

बुधबार कारोबार रकममा भने बृद्धि भएर रेकर्ड तोडिएको छ । बुधबार २१४ कम्पनीका २ करोड ५१ लाख २१ हजार भन्दा बढी सेयर खरिद बिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार भन्दा बढीको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका सबइन्डेक्सहरु मध्ये बैंकिङ, टे«डिङ, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्डको सेयर मूल्य बढेको छ भने अन्यमा गिरावट आएको छ । बुधबार सबैभन्दा बढी नेपाल पुनर्विमा कम्पनीको सेयर ५५ करोड ६९ लाख भन्दा बढीको खरिद बिक्री भएको छ ।

बुधबार नेप्से घटेपछि ५ वटा कम्पनीको नाफामा सर्किट लागेको छ । समता लघुवित्त, रुरु जलविद्युत, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य झण्डै १० प्रतिशतले बृद्धि भएको छ ।

ङादी गुप पावरको मूल्य ६।८८ प्रतिशतले घटेको छ । युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...