Admission Open

केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त, आज २ बजे सपथग्रहणको तयारी

काठमाडौं : नेकपा (एमाले) संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यही बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा संसदको विश्वास पाउन नसकेपछि ओली स्वतः पदमुक्त हुनु भएको थियो । त्यसपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) बमाजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समयसीमा सकिने दिनसम्म पनि कसैले बहुमतको सरकार गठन गर्न नसकेपछि संसदमा सबैभन्दा ठूलो दललाई सरकार गठनको अवसर प्राप्त भएको थियो ।

आज दिउँसो २ बजे ओलीलाई पद तथा गोनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...