
बोस्टन, अमेरिका : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार ‘सिर्जनामा आमा’ शीर्षकमा रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । अनेसासको नियमित साप्ताहिक कार्यक्रम ‘अनेसास संवाद’को ५१औं श्रृंखलालाई आमा दिवसको अवसर परेर यो स्वरुपमा आयोजना गरेको हो ।
यसैगरी रवीन्द्रभक्त श्रेष्ठ -अमेरिका, रजनी श्रेष्ठ-अमेरिका, राम लामा अविनाशी -अमेरिका , डा. मधु माधुर्य -अमेरिका , प्रेम संग्रौला -अमेरिका, महेश पौड्याल- नेपाल, सीता अर्याल- अमेरिका, अग्नि पराजुली- अमेरिका, हरिलाल शर्मा – अमेरिका, निजानन्द मल्ल- नेपाल, सारादेवी गुरुङ- बेलायत, माया गुरुङ- बेलायत, पुष्पा खनाल- नेपाल, चन्द्रा न्यौपाने- नेपाल, गणेश खड्का- अफ्रिका, रसज्ञ छहरा- नेपाल, अम्बिका थापा- नेपाललगायतले पनि सिर्जना वाचन गरे ।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति गीता खत्री, उपसभापतिद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, बोर्ड अफ ट्रष्टीका पूर्व उपसभापति रोहिणी शर्मा, वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, महासचिव सर्वज्ञ वाग्ले , सचिव विमला निरौलालगायतले शुभकामना, सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरेका थिए ।