Admission Open

प्युठानमा थप एक हप्ता लकडाउन

प्युठान, २४ वैशाख : कोरोना नियन्त्रणका लागि प्युठानमा थप एक हप्ता लकडाउन गर्ने निर्णय भएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १८ देखि २४ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय बैठकले गरेको थियो । अब वैशाख मसान्तसम्म लकडाउनको समय थप भएको छ

बैठकले एन्टिजेन परीक्षणका लागि प्रदेश सरकारसँग पाँच हजार कीट माग गरेको छ । त्यसैगरी १०० थान अक्सिजन सिलिण्डर माग गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो ।

यसैबीच जिल्लास्तरीय आइसोलेशन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । प्युठान नगरपालिका–४ बिजुवारस्थित निर्माण व्यवसायी सङ्घ प्युठानको भवनमा रहेको आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । पचास शय्या रहेको आइसोलेशन केन्द्रमा हाल ३२ शय्या तयारी अवस्थामा रहेको नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...