Admission Open

ad place

अमेरिकाको एक स्कुलमा ११ वर्षीया बालिकाले गोली चलाउँद तीनजना घाइते

काठमाडौं : अमेरिकाको एक स्कुलमा ११ वर्षीया बालिकाले गोली चलाउँद तीनजना घाइते भएका छन्। आइडाहो राज्यस्थित बोइस सहरमा रहेको रिग्बी मिडल स्कुलमा ६ कक्षामा अध्ययन गर्दै गरेकी ती बालिकाले गोली चलाउँदा दुई विद्यार्थी र एक स्कुलका कर्मचारी घाइते भएका हुन ।

आफ्नो झोलाबाट पेस्तोल निकालेर उनले स्कुलमा गोली चलाएकी थिइन्। पछि स्कुलकी एक शिक्षिकाले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएकी थिइन्।

‘म र मेरा साथीहरु क्लासमा पढीरहेका थियौं। शिक्षक पनि हुनुुन्थ्यो। एक्कासी कक्षामा ठूलो आवाज आयो। त्यसपछि लगातार दुईवटा आवाज आए। चिच्याहट सुनियो। हाम्रा शिक्षक दौडिँदै जानुभयो। कक्षा रगताम्मे भएको थियो।’, घटनाकी प्रत्यक्षदर्शी एक विद्यार्थीले भनिन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...