काठमाडौँ, २२ वैशाख : गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा क्रमश: २ हजार ८ सय ४९, ४ सय ५८ र ५ सय १८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्यकामा मात्रै १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार देशभर ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ ।