Admission Open

मेहफिलमा भेटियो यौनहिंसा विरुद्धको सन्देश (भिडियो सहित)

काठमाडौं : लोक प्रिय गायक जगदीश समालको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । दिपक बस्नेतको शब्द तथा संगीतमा रहेको मेहफिल बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई बलराम समालले संगीत संयोजन गरेका हुन् भने बिक्रम कार्कीले मिक्सिङ र मास्टरिङ्ग गरेका हुन् ।

महिलाहरुमाथि समाजमा हुने यौनहिंसाको विषयलाई गीतको भिडियोमा उठान गरिएको छ । शक्तिको आँडमा जोसुकैले नारीमाथि ज्यादती गरेपनि त्यो कसैको लागि सह्य नहुने सन्देश यो गीतको भिडियोमा दिन खाजिएको छ ।

पछिल्लो समयका व्यस्त र लोकप्रिय गायक, संगीतकार तथा निर्देशक प्रियजन राईको निर्देशन र दिपक गुरुङको कोरीयोग्राफी रहेको यस भिडियोमा अमित पल र रिया क्षेत्रीको अभियनय देख्न सकिन्छ । मोहन कुमार ‘झिल्लु’ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन र कलर गरेका हुन् । ‘मेहफिल’ म्यूजिक भिडियो दिपक बस्नेत अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।

 भिडियो हेर्नुहोस् :
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...