Admission Open

कोका-कोलाद्वारा नेपालमा कोभिड-१९ को प्रभावको सामना गर्न ‘स्टप द स्प्रेड’ सुरु गरेर सहयोग पु¥याउँदै

कोभिड—१९ को रोकथामलाई रोक्न भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यव्रmमहरु निर्माण गर्न नेपाली रु २.४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै
काठमाडौँ, २० वैशाख ः कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयासहरु तीव्र भएकाले नेपालमा कोका—कोलाले यो संकटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पु¥याउन र फैलिएको महामारीलाई रोक्न रु २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (उदाहरणका लागि पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजरहरु आदि) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गर्नेछ ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रुपमा एक विशेष “स्टप द स्प्रेड” कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...