Admission Open

ad place

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो

विशेष कामबिना घरबाहिर ननिस्कन आग्रह, पसल बिहानमात्रै खोल्न पाइने

काठमाडौं, २१ वैशाख : काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म थप गरिएको छ भने यो अवधिमा निषेधाज्ञा थप कडा हुने जनाइएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । साथै पसल खोल्ने समय पनि परिवर्तन गरिएको छ । यसअघि विहान र बेलुका खोल्न दिइएकोमा अब बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाईने निर्णय गरिएको छ ।

अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णयसमेत भएको छ ।

यसअघि भएका सबै निर्णयहरु परिमार्जन भएका छन् । अव बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना २५ प्रतिशत कार्यालय मात्र खोल्न र २० प्रतिशत कर्मचारीले काम चलाउनुपर्ने निर्णय गरिएको छ । कवाडी संकलनलगायत ठेलागाडा व्यापारसमेत सञ्चालनमा रोक लगाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...