Admission Open

ad place

मैयाँ दिदी

सामाजिक कथा


# केशव आचार्य

मुख्य बाटोको अलिकति तलतिर सागर दाइको ग्यारेज थियो । ग्यारेजभन्दा ठाक्कै अघिल्तिर ठू्लो होडिङबोर्ड राखिएको थियो । त्यै होडिङ बोर्डमा ठूलो अक्षरले लेखिएको थियो, भुटेको मकै खाजघर, तल्लो लाईनमा सानो अक्षरले लेखिएको थियो, यहाँ चिया र चुरोट पनि पाइन्छ । दाहिने पट्टि ठेगाना लेखिएको थियो कोटेश्वर ३२, काठमान्डू ।

खाजाघर सानो भएपनि चट्ट मिलेको थियो । बस्नलाई लचकदार कुर्सी नभए पनि गाडीका टाएर, काठका मुढा र बेन्च मिलाएर राखिएको थियो । मिलेर बस्ने हो भने १०/१५ जना सजिलै बस्न सकिन्थ्यो । खाजघरको भित्र दाहिनेतिर ग्यास चुलो, चुलोमाथि चिया पकाउने भाडो थियो । आगोको रापले होला भाडो कालो भएको थियो र कहीँकहीँ सेतोले गर्दा छिर्के मिर्के भएको थियो । दाहिने तर्फकै अलिकति पर गाउँघरको जस्तै ढुङ्गाले बनाएको चुलो थियो र चुलोकै छेउमा दाउराको मुठो पनि थियो । चुलो अगाडि दुईटा हाँडी राखिएका थिए । हाँडीकै छेउमा एउटा झुम्रो अनि एक मुठी बासका कप्टेरा पनि थिए । दुईटा हाँडीमध्ये एउटा कालो थियो र अर्को भर्खर कुमाले दाइबाट ल्याएको जस्तो नयाँ थियो ।

खाजाघरभित्र छिर्ने बाटैमा लेखिएको थियो, दाउरामा भुटेको मकै प्रति प्लेट रु. ६० र ग्याँसमा भुटेको मकै प्रति प्लेट रु. ५० ।
ग्याँसमा भन्दा दाउरामा भुटेको मकै दश रुपैयाँ महङ्गो रहेछ । मैले मनमनै गुने, महङ्गो पनि किन नहोस्, दाउरामा भुटेको मकैको स्वाद नै बेग्लै । अझ सहरबजारको ठाउँ दाउरा पाउनै गाह्रो । धेरै चोटी दाउरा नपाएर ग्याँसबाट मात्रै मकै भुटेकी रहिछन् सम्झनाकी आमा अर्थात मैयाँ दिदीले । दाउरामा भुटेको मकैको अर्डर आउँदै गर्दा उनले ग्राहकलाई सुनाइन ।

म खाजाघरमा छिर्दा खाजाघरमा दुईजना मात्र थिए, सम्झना र सम्झनाकी आमा, (मैयाँ दिदी) ।
सम्झनाकी आमालाई सबैले मैयाँ दिदी भनेर बोलाउँदारहेछन् । सायद बोली र व्यवहार राम्रो भएर होला । मलाई उनको उपनाम राम्रो लाग्यो । मैले पनि मैयाँ दिदी भनेरै दुई प्लेट दाउरामा भुटेको मकै र साँधेको गुन्द्रुक अर्डर गरेँ ।

सम्झना नजिकैको कोटेश्वर स्कुलमा सात कक्षामा पढ्ने रहिछ । सम्झनाको अनुहार मिलेको, गोरो , हँसिलो रहेछ आमाकैजस्तो । बाटुलो र गहुँगोरो अनुहारमा कर्र्ली कपालले गर्दा सम्झना एकदमै राम्री, चिटिक्क परेकी देखिन्थी ।
बिहान ९ः३० देखि ४ बजेसम्म स्कुल जानुबाहेक बाँकी समय आमासँगै खाजाघरमा विताउँदी रहिछ । वस्तुस्थिति बुभ्mदा खाजाघर राम्रै चलेजस्तो देखिन्थ्यो । सायद नयाँ प्रकारको खाजाघर भएर होला ।

खाजाघरका परिकार पनि साँचै नामजस्तै थिए, चुलोमा दाउराको आगोले भुटेको मकै, ढुङ्गमा सेकाएको फापरको रोटी, साँधेको सिन्की आदि ।
नयाँ र लोकल स्वादले गर्दा र त्यो भन्दा बढी अरुनै कारणले मैयाँ दिदीको खाजाघर वरिपरीका होटल भन्दा राम्रै चल्ने रहेछ ।
मैयाँ दिदीको खाजाघरमा खाजा खाने निहुँमा कोटेश्वर र कोटेश्वर आसपासबाट मात्रै होइन निकै टाढाटाढाबाट पनि मानिसहरु अउँदा रहेछन् ।
बिहान पनि मैयाँ दिदीको खाजाघरमा तीनपाते ग्रिन टि खान मानिसहरु निकै आउँने रहेछन् । जे होस् खाजाघर राम्रै चलेको रहेछ ।
विहानभन्दा बेलुका खाजाघर अलिक व्यस्त हुन्छ । मानिसहरु चिया र मकैमा निकै स्वाद बसेको छ । मैयाँ दिदीले हाँस्तै भनिन् ।
बोली र व्यवहार राम्रो भएकी मैयाँ दिदीका श्रीमान् गाडी चलाउँदा चलाउँदै दुर्घटनामा बितेका रहेछन् । अमिलो अनुहार पार्दै मैयाँ दिदीले भनिन् ।
अधबैँसे मैयाँ दिदीको खाजाघरमा प्राय जसो अधबैँसे पुरुषहरूनै बढी आउने रहेछन्, नआउन पनि कसरी मैयाँ दिदीको बोली व्यवहार र हाँसो नै मोहित पार्ने खालको रहेछ । त्यसमाथि श्रीमान् नभएकी ।
चिया र मकै बहाना, मैयाँ दिदीलाई जिस्काउँने चाहना ले थुप्रै अर्धवँैसेहरू साँझ परेपछि नै बढी आउने रहेछन् । कहिले काहीँ त धेरै जिस्काएको बदलामा ग्राहकलाई मैयाँ दिदीले नमाज्जाले हकारेकी पनि छन रे, हामीसँग उनैले दुखेसो पनि पाखिन् र अगाडि थपिन्, फेरि मुसुक्क हाँस्दै विदा नगरे मेरो व्यापार नै चल्दैन के गर्नु । व्यापारीका भगवान भनेकै ग्राहक हुदाँ रहेछन् ।
त्यति कठोर हुँदा पनि मैयाँ दिदीलाई ताक्नेहरूको कमी भएन रे । चिया, चुरोट र मकै खाँदै धेरैले मैयाँ दिदीलाई ठुलाठुला सपना पनि देखाएका रहेछन् ।

बाहिर शान्त भए पनि भित्र असान्त भएकी मैया दिदीलाई धेरैले रोमान्सकोे अफर पनि गरेका रहेछन् । कतिले त तिम्री बढ्दै गरेकी छोरी मेरो भतिजालाई वचन देउ तिम्रो जिम्मा मेरो पनि भनेका थिए रे । यति भन्दा पनि मैयाँ दिदीले त्यसो भन्ने ग्राहकलाई हाँसेरै टारेकी रहिछन् ।
हासों पनि कस्तो चिज है, मनमा जति प्रलय आय पनि अनुहारमा लय ल्याईहाल्ने । मैया दिदीको बाहिरी हाँसोलाई सबैले हेरे तर उनको भित्री रोदन बुझ्न कसैले खोजेन ।

कसैले नाकमा लगाएको फुलीलाई मन पराए, कसैले गालाको खोपिल्टोलाई । तर उनको हृदयलाई कसैले पढ्न सकेनन्, पढेपनि बुझ्न सकेनन् र बुझे पनि नबुझेझैँ गरे । बुझ पचाए ।
कति चोटी त मैयाँ दिदीलाई बाघले मृगलाई झम्टिएझैँ झम्टिए पनि अरे, जवानीको जोश वशमा राख्न नसकेका मुर्दारहरूले छोरीकै अगाडि अनेक हर्कतसमेत गरे रे । तर मैयाँ दिदीले तिनीहरूको लालसा बिरुद्ध डटेर सामना गरिन् रे । कति पटक त छोरी सम्झनाको सहारा पनि लिनु प¥यो र मैयाँ दिदीलाई ।

मैयाँ दिदीलाई लाग्थ्यो रे, दिनदिनै जवान हँुदै गएकी छोरीलाई यस्तो वातावारणले कस्तो असर पार्ला ? मैया दिदीको मनमा प्रलयको बाढी आएको उनका चेहरा नियाल्दा प्रष्ट हुन्थ्यो । तैपनि बाध्यता थियो । सबैकुरा पचाएर मैयाँ दिदी अर्को दिनका लागि परिकारको जाहो गर्थिन् । छोरीको भविश्य सुन्दर बनाउन उनी आफ्नो कर्ममा तल्लीन हुन्थिन् । उनी आफैँलाई सम्झाउँथिन्, ग्राहक सबै एकै प्रकारका कहाँ छन् र ? सङ्लो मनले मेरो मिहिनेतको कदर गर्ने पनि त छन् नि । र पो मेरो व्यापार चलेको छ, मैयाँ दिदी आफैँ भन्थिन् ।
आमालाई गरेको त्यस्तो व्यवहार देखेर तामाबाँसझँै बढ्दै गएकी सम्झनाको मनभित्र कठोर देवीरुप जन्मन्थ्यो । ऊ सङ्कल्प गर्थी्, म जसरी पनि आमाको सपना पूरा गरेरै छोड्छु । हामीसँगको भेटमा सम्झनाले भनी ।

आज पर्यन्त सम्झना सबै कुरा थाहा पाए पनि थाहा नपाएझैँ गरेर, बुझेर पनि नबुझे झैँ गरेर समयको पर्खाइमा बसिरहेकी छ । ऊ आमाको प्रलयको भयमा लय भर्न चाहन्छे, समाजका हरेक पराजयलाई विजयमा परिवर्तन गर्न चाहन्छे । आफ्नी आमाको मात्र होईन, त्यस्ता कयौँ मैयाँ दिदीहरुका साझा सपनालाई सार्थक पार्न चाहन्छे ।

  • दिक्तेल
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...