काठमाडौँ, २० वैशाख : काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जनागरि उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जना कोरोना संक्रमित भेटिएका हुन् ।
