Admission Open

आज मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द, भारत, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि स्थगित

काठमाडौं, २० वैशाख : कोरोना भाईरस (कोभिड १९) को महामारी फैलने क्रम तीब्ररुपमा बढ्दै गएपछि र यो क्रम अझ फैलन सक्ने भएकोले त्यसको जोखिमलाई मध्यनजर गर्दै कोरोना भाइरस (कोभिड १९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सरकारले वैशाख २० गते सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

१९ गते आइतबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
त्यर्सगरी भारतबाट हुने सम्पूर्ण उडान पनि स्थगित भएका छन भने तेस्रो मुलुक ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।

अन्य अन्तर्राष्ट्रिय उडानहरु भने मापदण्ड पूरा गरेर कायम राख्ने निर्णय भएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...