Admission Open

बालबालिका जोखिममा


टीकापुर : कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । समुदायस्तरमै कोरोना फैलिँदै जाँदा बालबालिकलाई सङ्क्रमणबाट जोगाउन टीकापुर अस्पतालका बालरोग विशेषज्ञ अमरनाथ ठाकुरले बताउनुभयो । “यो समय भाइरल ज्वरो, रुघाखोकीको समय पनि हो । बालबालिकामा सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन”, डा ठाकुरले भन्नुभयो, “बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो, निमोनियाका लक्षण देखिएमा अस्पताल लैजानुपर्छ । सामान्य रुघाखोकी, ज्वरो भए दुई÷तीन दिनमा आराम हुन्छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...