Admission Open

मंगलम उद्योगको कारखानामा आगलागी, क्षतिको अनुमान अझै हुदैँ

सिदार्थनगर, १५ वैशाख ः नेपालको पहिलो ऋएख्ऋ पाइप र फिटिंगस् उत्पादक तथा नेपालको पोलिमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्ता मंगलम उद्योग प्रा.लि.को सिदार्थनगर कारखानामा हिजो (मंगलबार) बिहान भएका आगलागीे भएको उद्योगले जनाएको छ । बिहान १० बजे नजिकैको मैदानमा पराल जलेको कारण आगो शुरू भएको र करिब ५ देखि ७ करोडसम्मको उत्पादन र गोदाम शेडमा आगोले क्षति पु¥याएको जानकारी आएको छ भने थप क्षतिको अनुमान अझै हुदैँछ ।

मंगलम उद्योग प्राइवेट लिमिटेडका प्रबन्ध निर्देशक श्री अभिनव चुरीवालले भने, उद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरू आगलागीबाट क्षतिग्रस्त भएका छन् । हामीले उद्योगमा उचित फायर प्रोटोकलको पालना गरे तापनि यो घटनालाई रोक्न भने सकेनौँ ं। तर फायर प्रोटोकलहरू प्रतिको हाम्रो कट्टर पालनाको कारणले क्षति केही हदसम्म कम भएको छ र दुर्घटनाको क्रममा कोही पनि घाइते भएको छैन । आगो निभाउने उपकरणहरू प्रयोग गरेका हाम्रा कारखानाका कर्मचारीहरूको कडा परिश्रमबाट र सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगबाट हामीले आगोलाई रोक्न सक्षम भर्यौं र २ घण्टा भित्र नै आगो नियन्त्रणीत भयो ।

सिद्धार्थ नगर कारखानाका प्रमुख प्रदीप शुक्लाले भने, ूआगलागी हुँदा सबै सुरक्षा अभ्यास र आपतकालीन विधिहरू विधिवत पालना गरिएको थियो । हाम्रो नियमित अग्निसुरक्षा अभ्यासहरुका कारण हामीलाई आगो नियन्त्रण गर्न र बाँकी सुविधालाई बचाउन सक्यौँ ।

Scanned Image
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...