Admission Open

नेपालमा अझ राम्रो इम्युनिटीका लागि प्रोटिनको महत्व

# पूजा मखिजा
कोविड १९ महामारीको कारण हुने सबै अव्यवस्थाको बीचमा हालसालै सुधारिएको पुनः प्राप्ति दर र खोपको विकासहरुले कोरोना भाइरसलाई नियन्त्रण गर्ने आश गरिएको छ। यद्यपी सावधानीहरु आफ्नो ठाउँमा अपनाइएता पनि नेपालले कोरोना भाइरसका मुद्दामा दिनदिनै स्पाइकको साथ युद्ध गरिरहेको छ।
यस माहामारीले भाइरस संकुचनको कारण हुने स्वास्थ्य जोखिमलाई रोक्नको लागि तयार भइरहेको चेतना मात्र तीव्र पारेको छ जसले जब केही रिपोर्टरहरुले जलवायु परिवर्तनका कारण धेरै घातक ब्याक्टेरियाहरु निकाल्ने सम्भावना प्रस्तुत गर्दा विशेष महत्व दिन्छ। (स्रोतः वेफोरम)। अझ डरलाग्दो कुरा के हो भने यी रिपोर्टरहरुले दावी गरेका छन् कि मानिससँग अब रोगसँग लड्ने क्षमता वा पुरानो ब्याक्टेरियासँग लड्ने एन्टिबायोटिक छैन।


त्यसो भए आज सोध्ने वास्तविक प्रश्न यो हो– हामी यस्तो स्वास्थ्य समस्याहरुसँग जुध्न कत्तिको तयार छौँ ?
एउटा मजबूत इम्युन सिस्टमले शरीरका जीवहरु÷असामान्य कोशिका÷पदार्थहरुसँग लड्ने क्षमताको परिभाषित गर्छ जससँग हामीलाई हानी पु¥याउने शक्ति हुन्छ।
इम्युन सिस्टम सेल्स र टिस्युको सम्पूर्ण नेटवर्क हो जुन बाह्य ब्याक्टेरिया वा भाइरसहरुले गर्दा हुने कुनै पनि क्षतिबाट हामीलाई बचाउनको लागि सधैँ काम गर्दछ। जब हाम्रो शरीर कुनै पदार्थ वा एन्टिजेनको सम्पर्कमा पर्दछ इम्युन सिस्टमले एन्टिजेनको कारणले हुने कुनै पनि खराब प्रभाव रोक्नका लागि एन्टिबडीहरु जारी गर्दछ। यी एन्टिबडीहरु वा यी इम्युनोग्लोबुलिनहरु बिना हाम्रो शरीरले यी तथाकथित घुसपैठिएहरुसँग लड्न सक्दैन र यी सम्पूर्ण वैज्ञानिक शब्दहरु सुन्नमा जतिका जटिल छन् वास्तवमा चाहिँ त्यति जटिल छैनन्।
प्रोटीन एन्टिबडीहरुको गठनको प्रमुख कारक हो। तपाईँले सुन्नुभएको हुन सक्छ कि एमिनो एसिड प्रोटीनका निर्माण ब्लक हुन् तर आवश्यक एमिनो एसिडहरु शरीरमा संस्लेषित गर्न सकिदैन, त्यस कारण हाम्रो आहारमार्फत यसलाई आपूर्ति गनुपर्छ। यदि हाम्रो खानामा पर्याप्त मात्रामा आहार प्रोटीनको कमी छ भने एन्टिबडीहरु उत्पादन गर्नका लागि आवश्यक एमिनो एसिडहरु पनि कम हुन्छन्। इम्युन सिस्टम एक दिनमा मजबूत गर्न सकिदैन, यो चलिरहने प्रव्रिmया हो र प्रोटिन इम्युन सिस्टम निर्माण गर्ने प्रमुख योगदानकर्ता हो।
केवल थोरै व्यक्तिहरुले मात्र यस बखत्मा एउटा मजबूत इम्युन सिस्टमले खेल्ने भूमिकाको ख्याल गरेका छन्। यो नेपाल जस्तो देशको लागि महत्वपूर्ण छ जहाँ २००५ को सर्वेक्षण (स्रोत) अनुसार प्रोटिनको अभाव लगभग ४३ प्रतिशतमा हुने अनुमान गरिएको छ। पौष्टिक अभावको सबैभन्दा पहिलो तत्काल कारण गुणस्तर र मात्राको हिसाबले अपर्याप्त आहार सेवन हो। नेपाली खानामा प्रायः मुख्य कार्बोहाइड्रेट हुन्छ तर पर्याप्त प्रोटीन र अन्य सुक्ष्म पोषकतत्व हुँदैन ।


शुभ समाचार यो हो कि उच्च प्रोटीनका स्रोतहरु खोज्न कसैलाई पनि आवश्यक पर्दैन किनभने यिनीहरु सजिलै सबै प्रकारका खाद्य प्राथमिकताहरुमा शाकाहारी र मांसाहरुका लागि हुने गरि उपलब्ध छन् र साथै किफायती पनि छन् । दालहरु जस्तै मुगीको दाल, मिर्गौला गेडु, सोयाबिन, चिक पिज र कालो गेडाहरुमा उच्च मात्रामा प्रोटीन हुन्छ। नट््सहरु जस्तै वालनट, आल्मन्ड, बदाम आदिमा पनि प्रोटीनको राम्रो स्रोत हुन्छ। मासु र समुद्री खानाहरु जस्तै कुखुराको मासु, मटन, पोमफ्रेट, म्याकरेल आदि जस्ता खानाहरु पनि प्रोटीनयुक्त हुन्छन्। धेरै अन्य पौष्टिक खानाको साथ समिश्रण गर्दा हामीले ध्यान पु¥याउन पर्छ कि प्रत्येक खानामा प्लेटको कम्तिमा २५ प्रतिशतमा पर्याप्त प्रोटीनको उपभोग हुनुपर्छ। यहाँ एक सार्वजनिक रुपमा उपलब्ध गरिएको प्रोटीनयुक्त खानाको गाइड छ जसले तपाईँहरुलाई दैनिक खानामा प्रोटीनयुक्त खाद्य पदार्थको समावेश गर्न मदत पु¥याउँछ।
इम्युन सिस्टमले हाम्रो शरीरहरुलाई स्वास्थ्य जोखिमहरुको विरुद्ध स्वस्थ र सुरक्षित राख्दछ र उचित पोषण एउटा राम्रो प्रतिरोधक क्षमता प्रणालीको एक महत्वपूर्र्ण कारक हो । यदि शरीरसँग पर्याप्त बिल्डिङ ब्लकहरु छैन भने त्यहाँ प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण कमजोरी हुन सक्छ । प्रोटीन एक व्यक्तिको पोषण र प्रतिरक्षा प्रतिव्रिmयाको निर्धारक हो। त्यसैले यस्तो समयमा प्रोटीनयुक्त खाना खानु सर्वोच्च प्राथमिकता भएको छ जसले इम्युन सिस्टमलाई बढावा दिँदै मानव जातिलाई कोविड १९ जस्तो घातक भाइरसहरुसँग लड्नको लागि उत्तम अवसर प्रदान गर्दछ।

को हुन् त पूजा मखिजा ?

बलिउड सेलिब्रेटीहरुका न्यूट्रिशनिस्ट पूजा माखीजाले आफ्नो १५ वर्षको अभ्यासमा पच्चिस हजार भन्दा बढी व्यक्तिको शरीर र जीवनलाई परिवर्तन गरे र पृथ्वी ग्रहलाई १२५००० किलोभन्दा बढी हलुका बनाए । उनको ग्राहकमा जीवनका सबै क्षेत्रका व्यक्तिहरु–मोडलहरु, अभिनेताहरु, सोसिएलिट्सहरु, सीईओहरु, योगा प्रशिक्षकहरु, निर्माताहरु, निर्देशकहरु, गायकहरु, पायलटहरु, आर्किटेक्टहरु, निर्माणकर्ताहरु, मिडिया पेशेवरहरु र गृहिणीहरु सम्मेलित छन् ।
सेलिब्रेटी न्यूट्रिशनिस्ट हुनुको अलावा पूजा एक बेस्ट सेलिङ अथर, एक टेलिभिजन स्टार, एक उद्यमी र सबै भन्दा माथि दुई जनाको डेभोटेड आमा पनि हुन् । उनले मुम्बईमा रहेको क्लिनिक नौरिसबाट काम गर्छिन् । उनले दुवै फुड साइन्स र न्युट्रिसनमा एमएससी र मुम्बईबाट डायटेटिक्समा बीएससी उत्तीर्ण गरेकी छिन् । खानाको शक्तिमा भावुक विश्वास गर्ने पूजाको मिशन भनेको तपाईलाई आफुले खाएको खाना मन पराउनु हो। यस उद्येश्यका लागि उनी विश्वलाई “फुडुकेट” गर्न र पोषणको शक्तिमा व्यक्तिको विश्वास पुननिर्माण गर्न मद्दत गर्दै आईरहेकी छिन् ।
पूजा माखीजाले मधुमेह, थाइरोइड, उच्च रक्तचाप र हृदय रोग जस्ता मेटाबोलिक विकारहरुको लागि समाधान प्रदान आईरहेकी छिन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...