Admission Open

युरोपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्ग नेपालमा (भिडियोसहित)


काठमाडौँ, १३ वैशाख : विश्वस्तरीय सहरी–बसोबास “अर्बन स्पेस” को उद्घाटन अप्रिल २४, २०२१ मा ललितपुरको सातदोबाटोमा भयो । कार्यक्रमको उद्घाटन २०१८ कि मिस नेपाल सुश्री श्रृंखला खतिवडा र “अर्बन स्पेस”का संस्थापक श्री बिपिन गैरैले सामुहिक रुपमा गर्नुभयो ।
उद्घाटन कार्यक्रममा अर्बन स्पेसका संस्थापक श्री बिपिन गैरेले भन्नुभयो, “हामी नेपालमा हाउजिङ्गको नयाँ अवधारणा प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छौँ । यो एक रिभोलुसनरी आइडिया हो । जुन आर्किटेक्चर र इनोभेसनमा केन्द्रित रहेको छ । यो परियोजना नेपालमा एक नौलो शुरुवात पनि हो । हाल हामीले यो परियोजना काठमाडौँ उपत्यकाबाट शुरु गर्दैछौँ र नेपालभर विस्तार गर्ने योजना बनाएका छौँ ।”


सोही कार्यक्रममा र्आिकटेक्ट ईन्जिनियर तथा मिस नेपाल २०१८, सुश्री श्रृंखला खतिवडाले भन्नुभयो , “ अर्बन स्पेस भनेको साना(साना घरहरुको जग्गालाई जोडी ब्याकयार्डलाई हटाएर एक साझा खुल्ला स्थान बनाउनु हो । यो हाउजिङ्गको नयाँ इनोभेटिभ  कन्सेप्ट हो । मानिसहरु पर्खालले बाँधिएका छन् र आफ्नो ठाउँभित्र मात्र सीमित छन् तर अर्बन स्पेसमा एक व्यक्तिले आफ्नो सानो र थोरै जग्गाको बाँडफाँड गरेर व्यापक साम्प्रदायिक ठाउँको आनन्द लिन सक्दछन् ।”
अर्बन स्पेसका चिफ ब्रान्डिङ अफिसर श्री शिव कँडेलले भन्नुभयो, “अर्बन स्पेसले विशेष गरी सहरका क्षेत्रहरुमा बाउन्ड्री लेस सोसाइटीको कल्पना गर्दछ र यसैले गर्दा यो शहरी योजनाकारहरुका लागि मात्र नभई दिगो विकास र विश्वव्यापी अभियान हो, जसले दिगो शहर र समुदायको परिकल्पना गर्दछ । वास्तवमा अर्बन स्पेस भनेको सहरीे इलाकामा विशेष भरोसायोग्य छिमेकीलाई अटोमेसन टेक्नोलोजीले टेवा पु¥याउन सकिन्छ भन्ने प्रोटोटाईपको परियोजना हो ।”
अर्बन स्पेस बंगला र हाउजिङको एउटा मिश्रित हाउस हो जसमा प्रत्येक घरको लागि छुट्टै प्रवेश गर्न एन्ट्री बनाइएको हुन्छ । यस परियोजनाको अभिप्राय भनेको गेटेड समुदायलाई डिस्ट्रोइ गरी सोसियल कम्युनिटीको निर्माण र फोस्टर गर्नु हो । अर्बन स्पेसको उदेश्य भनेको सुखद् शहरी जीवनको अनुभव प्रदान गर्नु हो र यो ललितपुरको मुटु (रिंग रोडदेखि २०० मिटरबाहिर) मा अवस्थित रहेको छ । यस परियोजनामा १२ विशिष्ट घर रहेका छन् । जसले एक अर्काबीच सद्भाव कायम राखी जीवनशैली र वातावरणमा विविधता प्रदान गर्दछ ।


यो मास्टर प्लान सेफ्टी, कन्भेनियन्स, कम्फर्ट र युनिक डिजाइनमा केन्द्रित छ जहाँ मानिसले विविध सामाजिक जीवनको अनुभव गर्न सक्नेछन् । डिजाइन गरिएका युनिक फिचरहरुले मानिसहरुलार्ई फाइदा पूर्ण रुपमा विभिन्न सुविधाहरु प्रदान गर्ने छ । अर्बन स्पेसका भूकम्प प्रतिरोधी, २४ घण्टा वाटर सप्लाई, स्मार्ट ग्यास पाइपलाइन, फायर फाइटिंग प्रणाली, स्मार्ट सर्भेलेन्स, फुल्ली इन्सुलेटेड वाल, साउन्ड इन्सुलेशन, मोड्युलर किचन, सेन्ट्रल हिटिंग जस्ता विशेष सुविधाहरु समावेश छन् ।
अर्बन स्पेसका सदस्यहरु प्रोफेसनल छन् । जसमा पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियर, आर्किटेक्चर इन्जिनियर, किंग्स कलेजबाट स्नातकको रुपमा एमबीए ग्राजुएटहरु रहेका छन् । जसको वास्तुकलाको क्षेत्रमा पनि उल्लेखनीय अनुभव रहेको छ । उनीहरुका विश्वसनीय उपलब्धिहरुः २५० भन्दा बढी घरहरुको निर्माण, ५००० डिजाइन र सम्पत्ति व्यवस्थापनमा १०,००० भन्दा बढी व्यक्तिहरुसँगको परामर्श आदि रहेका छन् । अर्बन स्पेसमार्फत नेपालको टाउन हाउजिङ्गको अवधारणा सफलतापूर्वक सुरु गर्न टोलीले ५० भन्दा बढी देशका १०० जना भन्दा बढी व्यवसायीहरुसँग परामर्श गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...