Admission Open

‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

वाग्मती, १२ वैशाख : कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो ।

सङ्क्रमण पुष्टि भएर होम आइसोलेसन बसेका स्वास्थ्यमा गम्भीर समस्या भएका सङ्क्रमितको उपचार गर्नका लागि वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त वार्डमा तत्कालका लागि १० शय्या सञ्चालनमा ल्याइएको छ । केही दिनमै थप २० शय्या थप्ने अस्पतालको लक्ष्य छ ।

ज्वरो धेरै आइरहने र रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा तल पुगेका सङ्क्रमितलाई वार्डमा राखेर उपचार गर्ने अस्पतालको योजना छ । अक्सिजनको मात्रा कम हुने सङ्क्रमितलाई बढी खतरा हुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...