Admission Open

ad place

कोकाकोलाले ल्यायो १७५ एम एलको नयाँ ग्लासबोतल

काठमाडौं । कोका–कोलाले बिहीबार १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । उपभोक्ताहरुलार्इ रमाइलो सँग पिउने अनुभव प्रदान गर्दै २५ रुपैँयाको किफायती मूल्यमा उपलब्ध गराउको छ । नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको र यो बोतलमा नेपाली भाषामा नयाँ कोका–कोलाको लोगो छापिएकोले स्थानीय रुपमा आफ्ना उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ ।

कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो बोतल हो । नेपाली उपभोक्ताहरुको चाहनाअनुरुप कोकाकोलाले नयाँ पेय पदार्थ बोतल र प्याकेजहरु उपलब्ध गराउदै आइरहेको छ । आरजीबी बोतलहरु रियुजेबल तथा वातावरण मैत्री पनि छन् । नयाँ १७५ मिलिलिटरका आरजीबी बोतल कोका–कोला, स्प्राइट र फ्यान्टामा उपलब्ध छ । हाल काठमाडौँ, ललितपुर र भक्तपुरका किराना पसलहरुमा यो उपलब्ध छ ।

नयाँ बोतलको लन्चको क्रममा कोका–कोलाका नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “सुपथ मूल्यमा ठूलो अनुभव प्रदान गर्ने कोका–कोला, स्प्राइट र फ्यान्टाको अर्को प्याक अप्सनको ल्याउन पाउँदा हामी एकदमै हर्षित भएका छौँ। नयाँ बोतलको लन्चले उपभोक्ताहरुलाई आफ्नो मनपर्ने पेय पदार्थमा साइजको छनोट प्रदान गर्ने ब्रान्डको उद्देश्य मात्र नभइ दिगो प्याकेजिंग प्रदान गर्नु पनि कम्पनी को मिसन रहेको छ । हामी आशा गर्दछौँ कि उपभोक्ताहरुले आफ्नोे मनपर्ने पेय पदार्थको पूर्ण रुपमा मज्जा लिनु हुनेछ।”

बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो, “किफायती मूल्यबाहेक हामी हाम्रा उपभोक्ताहरुको प्रिय पेय पदार्थ प्रदान गर्न प्रतिबद्ध छौँ । र यो नेपाली उपभोक्ताहरुका लागि विशेष रहेनेछ किनकि यसमा कोका–कोलाको लोगो नेपाली भाषामा छापिएको छ । २५ रुपैँयामा १७५ मिलिलिटरको नयाँ आरजीबी बोतल अहिले काठमाडौँ उपत्यका भरका किराना पसलहरुमा उपलब्ध रहेको छ र हामी हाम्रा उपभोक्ताहरुलाई यसलाई सेवन गर्नु होस् भन्न चाहन्छौँ।” नयाँ उत्पादनको सुरुवात कोका–कोलाका चलिरहेको अपलिट क्याम्पेनको हिस्सा हो जुन “दिउँसै झप झप, कोकले अप” ट्यागलाइनको साथ आउँछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...